रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको चौथो ‘इन्टलेशन एण्ड चार्टर डे’

काठमाडौ । रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनको चौथो इन्टलेशन एण्ड चार्टर डे कार्यक्रम एक भब्य समारोहबीच सम्पन्न भएको छ।

बरिष्ठ चिकित्सक, पत्रकार, बिभिन्न क्षेत्रका प्रतिष्ठित उद्योगी ब्यवसायी, समाजसेवी, सुरक्षा निकायका पुर्व उच्च अधिकारी, पुर्व न्यायाधीश, कानुनवीद, लेखक, साहित्यकार, मानब अधिकारकर्मी, स्वास्थ्यकर्मी लगायत हरेक क्षेत्रका ब्यक्तिहरु आबद्ध रहेको सो क्लब  उपत्यकाकै नमुनाको रुपमा रहेको छ।

आर्थिक  स्थिति कमजोर भै उपचारवाट बंचित हुने गरेका गम्भीर प्रकृतिका बिरामीको उपचारदेखि मेजर अप्रेशन नि:शुल्क गर्नेदेखि  शैक्षिक, सामाजिक, पर्यावरणीय एवं नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने  बिभिन्न क्षेत्रमा  काम गर्देै आएको रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको चार्टर डे का प्रमुख अतिथि डिस्ष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले  क्लबले गरेका कार्यबाट सिगो डिष्ट्रिक प्रभावित भएको  उल्लेख गर्नुभयो।

गभर्नर ध्वजुले निवर्तमान अध्यक्ष  लोकबहादुर टण्डनको नेतृत्व र चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुलीको नेतृत्वको समयमा पनि उदाहरणीय कार्य भएको भन्दै  अहिले बर्तमान अध्यक्ष स्थानेश्वर रेग्मीको नेतृत्वमा  जुन कामहरु  शुरु भएका छन् त्यसले आफु प्रभावित भएको बताउनुभयो । उहाँले क्लबका कामलाई थप प्रभाबकारी र नागरिक स्तरमा पुर्याउन महत्वपुर्ण सुझाब समेत दिनुभएको थियो।

रोटरी क्लब अफ काठमाडौ डाउनटाउका अध्यक्ष स्थानेश्वर रेग्मीको अध्यक्षतामा भएको बिशेष कार्यक्रममा बरिष्ठ पत्रकार टंक पन्त, सन्ध्या थापा, पुर्ब सुरक्षा अधिकारी शम्भु उप्रेती, बिष्णु  प्रसाद पोखरेल, समाजसेवी ओमबिक्रम निरौला, बरिष्ठ चिकित्सकहरु डा रुपा झा,  डा अनिल भटराई, डा चेतना श्रेष्ठ, डा रोमियो कंसाकारलाई सम्मान गरिएको थियो।

डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले नयां सदस्य रुपक सापकोटा र राजेन्द लुईटेललाई प्रमाणपत्र दिनुभएको कार्यक्रममा  क्लब डाइरेक्ट्रीको लोकार्पण पनि गरिएको थियो।

डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रमान शेरचन, अशिष्टेण्ट गभर्नर एवं नेपाल सरकारका पुर्ब सचिब शंकरप्रसाद पाण्डे, निवर्तमान अध्यक्ष लोकबहादुर टण्डन, चार्टर प्रेसिसिडेण्ट श्यामबहादुर पराजुली, चौथो इण्टलेशन कार्यक्रमका संयोजक एवं क्लबका प्रेसिडेण्ट इलेक्ट राजकुमार बैदवार,क्लबका सचिव शम्भु उप्रेति, बुटवल डाउनटाउनका पुर्ब अध्यक्ष इन्द्रलाल श्रेष्ठ, अमोलचन्द्र प्रधान, बालक सम्राटसिंह टण्डनले समाजसेवामा क्लबको महत्व र उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो।

बरिष्ठ पत्रकार टंक पन्तले संचालन गर्नुभएको कार्यक्रममा  बरिष्ठ गायक एवं अबैतनिक राजदुत प्रेमराजा महत,  डिष्टिक अवार्ड को चेयर पुर्व अशिष्टेण्ट गभर्नर अनिश बज्राचार्य, डिष्ट्रिक सेक्रेटरी दिनेशराज मानन्धर र दुर्गा सुवेदी,  अशिष्टेण्ट गभर्नर डा बिष्णुप्रसाद गौतम, क्लबका जिएसआर राजेन्द्र लम्साल, अञ्जान पौडेल, समीरा ध्वजु, शारदा कोइराला रेग्मी लगायतको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा रोट्याक यति हेल्थका  बिधार्थीहरुले रोचक सांंस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए।

क्लबका अध्यक्ष स्थानेश्वर रेग्मीले अतिथिहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष रेनुका गुरुनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा  क्लबका अध्यक्ष रेग्मीले निबर्तमान अध्यक्ष लोकबहादुर टण्डनलाई बिगतमा  सफल नेतृत्व गर्नुभएको भन्दै सम्मान गर्नुभएको थियो।