आज देखि आइतबारसम्म नेप्से बन्द

काठमाडौँ। आज बिहीबारदेखि सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ। आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। भोली शुक्रबार र शनिवार नियमित कारोबार बन्द हुने हुँद अब शेयर बजार आईतबार मात्रै खुल्ने छ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।