ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन् । यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नेछन । मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।




















