काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


















