काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित फरार भएका थुनुवा विमल खड्का पक्राउ परेका छन्।
बुधबार जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका खड्कालाई आज बिहान दुवाकोटबाट प्रहरीले पक्राउ गरेको हो ।
डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई अर्को मुद्दाको सिलसिलामा प्रहरीले बुधबार जिल्ला अदालत लगेको थियो । सोही क्रममा उनी प्रहरीको आँखा छलेर फरार भएका थिए ।




















