न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्चभित्रै गरिन् आत्मदाह प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी उनकी पत्नी आरती गिरीले आत्मदाहको प्रयास गरेकी छिन् ।

आरतीले आइतबार सर्वोच्च अदालतभित्रै ज्वलनशील पदार्थ खनाएर आत्मदाहको प्रयास गरेकी हुन् ।

उनी प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेसँगै सुरक्षाकर्मीको आँखा छल्दै सर्वोच्च प्रवेश गरेकी थिइन् । उनले सर्वोच्च प्रवेशपछि ज्वलनशील पदार्थ ज्यानमा खन्याएर आगो सल्काउन लाग्दा प्रहरीले पक्राउ गरेको थियो । अर्धचेत अवस्थामा रहेकी उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।