बाजुरा । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशको बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६।६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
























