पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै, शुक्रबार राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।