आइतबारको मौसमः छिटफुट वर्षा तथा उच्च पहाडी भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

महाशाखाका अनुसार राती प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।