रवि लामिछानेको प्रचारमा रहेको गाडीमा तोडफोड

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ ।

इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।

सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको उनले बताए । इच्छाकामनामा घरदैलोमा रहेका रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।