काठमाडौं । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ पुस ११ गते हुने भएको छ।
सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्।
























