काठमाडौं । नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
नयाँ बानेश्वरमा रहेको संसद भवनमा यसअघि नै शपथको लागि सांसदहरु पुगिसकेका छन् । प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको रुपमा आजको बैठकको अध्यक्षता पशुपतिशमशेर जबराले गरेका छन् ।




















