प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्छः जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नवनिर्वाचित सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने र बन्ने बताएका छन्।

बिहीबार सांसदको शपथ लिन संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।