धनुषामा सामुदायिक विद्यालय बन्द

काठमाडौं। धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय बन्द गराएका छन् ।

धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको  हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गरिरहेका थिए । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।’

नगराईन, छिरेश्वरनाथ, कमला नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । छिरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाले भने पुस १५ गतेभित्र तलब दिने सम्झौता गरेको छ ।

तर, नगराईन नगरपालिकामा भने जनप्रतिनिधिले तलब दिनको लागि पहल नगरेको भन्दै शिक्षक संघसंगठनहरुले एक दिनका लागि जिल्लाभरका सामुदायिक विद्यालय बन्द गराएको नेपाल शिक्षक संघ