सरकार गठनको दौडधुप : प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो । प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड एक्लै जानुभएको हो ।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शक्ति बाँडफाँडका विषय टुंग्याउन छलफलमा जुटेका हुन् । यसअघि आज विहान प्रधानमन्त्री देउवाको तर्फबाट प्रचण्डलाई भेट्न काँग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुग्नुभएको थियो ।

सिंहसँगको भेटमा प्रचण्डले गठबन्धन सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्ने अडान लिनुभएको थियो । प्रचण्डको सन्देश बोकेर नेता सिंह वालुवाटार जानुभएको थियो ।