काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुईमध्ये एक पनि नपाए गठबन्धन छोडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले दुवै पदमध्ये एक पनि नपाएको अवस्थामा प्रतिपक्षमै बस्ने निर्णय गरेको एक नेताले जनाए ।
उनकाअनुसार पहिलो चरणको प्रधानमन्त्रीमा माओवादीको दाबी यथावत छ । माओवादीले कांग्रेस सहमतिअनुसार अघि नबढेको पनि निश्कर्ष निकालेको छ। चुनावअघि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि बन्ने सरकारको नेतृत्व माओवादीलाई दिने भद्र सहमति गरेको ती नेताको दाबी छ ।
























