काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी भइरहँदा एक शीर्ष नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै “गठबन्धन लगभग टुट्यो भन्ने हाम्रो बुझाइ छ । चुनावी तालमेलमा पनि हामीले धोका पाएका छौँ । पहिलो प्रधानमन्त्री पनि हामीले नपाउने भएपछि किन गठबन्धनमा बस्ने ? हामी प्रतिपक्षमा बस्ने सम्भावना बढेर गएको छ,” भनेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने संकेत गरेका छन् । त्यसमा वर्षमान पुन र जनार्दन शर्मालगायत नेताले समर्थन समेत जनाएका छन् ।
प्रचण्डले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली कांग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएको एक शीर्ष नेताले जानकारी दिए ।
























