बालुवाटार छाडेर बालकोटमा प्रचण्ड

 

काठमाडौं । सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

 

प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकोट पुगेका हुन। अहिले उनिहरू छलफलमा छन् ।

आजै बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकोट पुगेका हुन । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुगेका हुन ।