मेयर बालेनको व्यङ्ग्य–राजा फर्काउछु, राजा चाहिन्न , राजा मार्छु भन्ने सबै सरकारमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति व्यङ्ग्य गरेका छन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि मेयर बालेनले ‘राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मार्छु भन्ने तीनवटै दल सरकारमा समावेश भएको’ भन्दै व्यङ्ग्य गरेका हुन् । उनले गठबन्धनले जनतालाई सधैं सास्ती हुने गरेको पनि लेखेका छन्।

‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधैं सास्तीमा,’ उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।