धौलागिरी बेसक्याम्पमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल

म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ ।

धवलागिरी गाउँपालिका(४ स्थित बेसक्याम्पमा आज बिहान दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारी सुरक्षित रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
उक्त हेलिकप्टरमा पाइलटमात्र सवार थिइन् ।