सिन्धुलीमा कार दुर्घटनाः दुई जनाको मृत्यु

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुली घर हाल काठमाडौँ गौरीघाट बस्ने ३८ वर्षीया सहारा प्रसाइ र झापा ठेगाना भएका अन्दाजी ४३ वर्षीय कुमार पुरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार कमलामाई–२ पिपलभन्ञ्याङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् । घाइते हुनेमा प्युठानका ३२ वर्षीय योगेन्द्र थापा रहेका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।