खानेपानीको पाइप फुटेर वीर अस्पताल अगाडी सडक हिलाम्य

काठमाडौंको वीर अस्पताल अगाडी खानेपानीको पाइप फुटेको छ । सोमबार दिउँसो पाइप फुटेपछि सडकमा सवारीसाधन र फुटपाथमा पैदल यात्रीलाई समेत सास्ती खेप्नुपरेको छ।

पाइपबाट निस्किएको पानी अहिले सडकमा बगिरहेको छ। प्राविधिकहरूले फुटेको पाइप टाल्ने प्रयास गरिरहेका छन्।

खानेपानीको पाइप किन फुट्यो भन्ने कारण खुलेको छैन।