हात हल्लाउँदै टोपबहादुर बयान दिन सरकारी वकिल कार्यालयमा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी बयान दिन सरकारी वकिलको कार्यालयमा पुगेका छन् । सोह्रखुट्टे प्रहरी प्रभागमा रहेका उनलाई प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।

वैशाख २० गते आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएका थिए । प्रहरीले ११ दिनपछि आइतबार बुढानिलकण्ठको पासिकोटबाट पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालयमा जाने बेला प्रहरीको गाडीबाट झरेपछि रायमाझी हात हल्लाउँदै भित्र बसेका थिए ।

रायमाझीको बिचौलिया समूहसँग बसउठ भएको, सघाएको, उनका छोरा सन्दीपले पैसा बुझेको फेला पारेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । फरार हुँदा बिरामी भएको र अस्पतालमा उपचार गराइरहेको बताएका टोपबहादुर सोमबार बयान दिन जाँदा हँसमुख देखिएका थिए ।