कांग्रेस गन्तब्यहीन पार्टी हो, राजनीतिक दल होइनः केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राजनीतिक पार्टी नै नभएको टिप्पणी गरेका छन् । ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस गन्तब्यहीन पार्टी भएको टिप्पणी गरेका हुन् ।

देशलाई सही बाटोमा लैजाने अभिभारा एमालेमा मात्र आएको जिकिर गर्दै ओलीले भने,‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो । त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो ।’

मुलुक गम्भीर परिस्थितिमा पुग्दासमेत कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको उनले आरोप लगाए ।