माओवादी सांसदले ‘पशुपतिमा पित्तलको जलरी’ भनेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेकपा माओवादीका सांसदले ‘पशुपतिनाथ मन्दिरमा पित्तलको जलरी लगाएको’ भनेपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची थियो । बैठकमा बोल्दै माओवादीका सांसद राजन दाहालले केपी ओली नेतृत्वको सरकारको पालामा ‘पशुपतिनाथ मन्दिरमा पित्तलको जलरी हालेको’ आरोप लगाएपछि नेकपा एमालेका सांसदहरुले दाहालले माफी माग्नुपर्ने भन्दै बैठक अवरोध गरे । त्यसपछि सभामु्ख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गर्नुभएको हो ।

एमालेले माओवादी सांसदको गम्भीर आरोप युक्त भनाई संसदको रेकर्डबाट हटाउन माग गरेकाे छ ।