भ्रष्टाचार गरेको प्रमाणित गर, एक मिनेटपनि पदमा बस्दिन : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन्।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्।

पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीले चलखेल गरेको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किराती आक्रोशित बनेका हुन् ।

उनले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत आफूले भ्रष्टाचार गरेको प्रमाणित भए एक मिनेटपनि मन्त्री पदमा नबस्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन‘।’