बिहीबारकाे माैसम : चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूकाे सामान्य प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै बिहीबार राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।