लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेका हुन् ।

हरेक घर घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने र केही थप्ने तयारी सरकारको छ । स्थानीय उत्पादनको बजारीकरणको खोजीलगायतकका विषय पनि नीति कार्यक्रममा समेटिएका छन् । जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदैछ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको जानकारी गराए । बहुवर्षीय आयोजनालाई निरन्तरता र मर्मतसम्भारलाई पनि कार्यक्रममा समेटिनेछ । पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने योजना रहेको बताइएको छ ।