अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्यावका छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
छैठौं तहका ल्याव टेक्निसियन भट्टराई लाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो ।
भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ । घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।




















