सुन तोलामा ८ सय र चाँदी ४० रुपैयाँ बढ्यो

शुक्रबार सुन र चाँदीको मूल्यवृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला १ लाख ११ हजार ७ सय थियो। यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार सुनसँगै चाँदी पनि बढेर प्रतितोला १४ सय ५५ रुपैयाँ भएको छ। बिहीबार तोलाको १४ सय १५ रुपैयाँ थियो।