काेशीकाे बजेट अधिवेशन बुधबार बस्दै

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन बुधबारका लागि बाेलाइएकाे छ ।

प्रदेश संसद सचिवालयका अनुसार बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने गरी बाेलाइएकाे हाे।

जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।