सहकारीले डुबाउँदैछ रवि लामिछानेको राजनीतिक भविष्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक भविष्य सहकारी प्रकरणले डुबाउने देखिएको छ ।ग्यालेक्सी फोरके टेलिभिजनमा देशका विभिन्न सहकारीबाट एक अर्बभन्दा रकम डुबेको तथ्य खुलेपछि उनी पनि प्रत्यक्ष मुछिएका छन् ।

रवि संलग्न रहेको ग्यालेक्सी फोरके टेलिभिजन रास्पा खोल्नेवित्तिकै टेलिभिजन छाडेको दाबी गरेका गरेका थिए । तर हिजो उनी आफैं सार्वजनिक गरेको डकुमेन्टमा उनी गत भदौसम्म टेलिभिजनकै रहेको पुष्टि हुन्छ । रवि टेलिभिजनको एमडी हुँदै गाँस काटेर गरिब तथा निमुखा जनताले निक्षेप जम्मा गरेको ३२ करोड रुपैयाँ ग्यालेक्सीले विना धितो ऋण लिएको खुलिसकेको छ । अझै ग्यालेक्सीले कुन कुन सहकारीबाट पैसा लिएको हो त्यसको तथ्य खुल्दै जाने भएको छ ।

अहिलेसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको पुष्टि भइसकेको छ । ग्यालेक्सीका अध्यक्ष जीबी राई फरार छन् । त्यसैले देखिएको सहकारी हिनामिना पूर्वएमडी भएकाले रविमाथि नै पोखिएको हो । रविको ग्यालेक्सीमा १५ प्रतिशत गुडविल सेयर रहेको र मासिक साढे आठ लाख रुपैयाँ तलब बुझ्दै आएका थिए । उनी सांसद हुँदा पनि ग्यालेक्सीको सेयर होल्डर रहेकैले रविमाथि नैतिक प्रश्न उठेको हो ।

सहकारीमा मान्छेहरुले थोरै भए पनि ब्याज पाइन्छ कि भनेर बचत गरेका हुन्छन् । तर त्यही रकम पनि पदको दुरुपयोग गर्दै जीबी राईहरुले खाएर फरार भएपछि उनकै साथी भएकाले रवि टार्गेटमा परेका हुन् । हिजो दोहोरो नागरिकता र राहदानी प्रकरणमा उन्मुक्ति पाए पनि रवि सहकारी प्रकरणमा भने डुब्ने प्रबल सम्भावना छ । चाँडै रविले यो विषयलाई गम्भीर ढंगले लिएनन् भने रास्वपाको भविष्य पनि दाउमा लाग्ने देखिन्छ ।