काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य बुधबारको तुलनामा तोलामा रु५०० ले बढेको छ ।
यससँगै आज छापावाला सुनको मूल्य प्रतितोला रु१ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ । कारोबारबारको अघिल्लो दिन अर्थात् बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ कायम थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ रहेको थियो ।
यसका साथै, आज चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।



















