काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो।
यस दिन छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।
























