काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ९ र डिजेल तथा मट्टितेलको लिटरमा ७/ ७ रुपैयाँ बढाएको हो ।
निगमको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको भाउ अन्तराष्टिय मूल्य अनुसार समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर बनाइएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७।६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायोजन गरिएको निगम जनाएको छ ।



















