किन खुलेयाम मदिराको विज्ञापन गर्दैछन् त कलाकार प्रदीप र केकी ?

नेपाली फिल्म क्षेत्रमा बौद्धिक कलाकारको रुपमा चिनिएका नायक प्रदीप खड्का र नायिका केकी अधिकारीले धमाधम मदिराको विज्ञापन गर्दैछन । नेपालमा नै उत्पादित एक मदिराको आफूहरू ब्रान्ड एम्ब्यासडर भएको भन्दै उनीहरूले प्रचार गरेका छन् ।

प्रचारमा उनीहरूले खुलेयाम रुपमा उक्त मदिराको गुण बताउदै दर्शकलाई मदिरा पिउन आग्रह गरेका छन् ।
सामाजिक संजाल र मिडियामा प्रस्तुत गर्ने विचारले राम्रो फलोअर्स कमायका यी दुई कलाकारहरुले यही लोकप्रियताको फाइदा उठाउँदै आफ्ना शुभचिन्तकहरुलाई मदिरा पिउनका लागि आग्रह गरिरहेका छन् ।

अधिकांश कलाकारहरूले आफूहरू मदिराको विज्ञापन नगर्ने बताइरहेका छन् । तर, केकी र प्रदीप जस्ता बौद्धिक कलाकारहरू भने मदिरा पिउन सुझाव दिइरहेका छन् ।

कलाकारहरूले अभिनय गर्ने फिल्मको सुरुवातमै र बीच बीचमा पनि मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ लेखिएको हुन्छ । तर, फिल्ममा मदिरा पिउनु हानिकारक रहेको बताउने कलाकारहरू वास्तविक जीवनमा भने पैसाको लोभमा मदिराकै प्रचार गरिरहेका छन् ।

केकी र प्रदीपले सामाजिक संजालबाट मदिराको विज्ञापन गरिरहँदा उनीहरूका फ्यान भने असन्तुष्ट छन् । यी दुई कलाकारले मदिराको प्रचार गर्नु गलत भएको भन्दै फ्यानहरुले आलोचना गरेका छन् ।

कतिपयले पैसाको लोभमा कलाकारहरू यसरी मदिराको प्रचारमा लाग्न नहुने तर्क गरेका छन् ।