सर्वोच्चद्वारा वीरका निर्देशक पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश जारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउन गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पौडेललाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

त्यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण मागेको थियो ।

मन्त्री बस्नेतले उनलाई गत मंसिर १४ गतेदेखि पदबाट हटाउने निर्णय गरेका थिए ।