काठमाडौं । यतिबेला बालकुमारी क्षेत्रमा तनाबकाे अवस्था सिर्जना भएको छ । बालकुमारी क्षेत्रमा शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएपछि अवस्था तनाबग्रस्थ बनेको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा आगजानी गरेका हुन् ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेर ध्वस्त भएकाे छ भने मन्त्री भने सुरक्षित छन् । आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित बनेको छ ।




















