काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि उत्पादनमुलक भाषापरिक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले जानकारी दिए । उनका अनुसार पदर्शनका क्रममा पक्राउ परेकाहरुलाई मुद्धा नचलाउने निर्णय भएको छ ।
उक्त निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छोडिदिएको उनले बताए । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।




















