२० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल हुनेगरी कुनैपनि सम्झौता कल्पना गर्न नसकिने बताएका छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेको सम्झौता राष्ट्रिय हितमा रहेको बताएका हुन् ।

‘हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान” र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो । भेटमा मैंले नेपालको राष्ट्रिय हित र विद्युत व्यापार सम्झौताबारे नै कुरा गरेको छु । विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ । नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ ।’