काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् । गत पौष २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
मनोनीत केन्द्रीय सदस्यहरूलाई आज मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालयमा शपथ गराएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएक छन् ।
एमाले सचिवालय बैठकले मधेस प्रदेशका राम अवतार यादव, कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने,बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापा पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत जानकारी दिएको छ ।




















