न्यायाधीश गिरीविरुद्ध बलात्कारको मुद्धा शर्मा र पोखरेलको इजलासमा

काठमाडौं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्धको बलात्कारको मुद्धाको सुनुवाइ न्यायाधीश द्वय डा। मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा परेको छ । उनकी जेठी श्रीमती आरती रावल गिरीले दायर गरेको बैवाहिक बलात्कार मुद्धाको सुनुवाइ आजका लागि तोकिएको हो ।

आरतीले उनका पति भुवनलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने माग राखेकी छन् । आरतीले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।