काठमाडौं । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
बुधबार बसेको बैठकले विद्यार्थी संगठनसँगको परामर्शपछि निर्वाचन मितिबारे अन्तिम टुंगोमा पुग्ने निर्णय गरेको हो ।
त्रिविका ९ वटै संस्थान र संकायका डिनसँग चुनावी तयारीका विषयमा परिषद्ले छलफल गरेको थियो । विद्यार्थी भर्ना, पठनपाठन र परीक्षाको अवस्थाबारे जानकारी लिएको भुसालले जनाए । चुनावको मिति घोषणा भएपछि नयाँ विद्यार्थी भर्ना लिन नपाइने व्यवस्था छ । ‘फागुन २८ मा निर्वाचन गर्ने मोटामोटी सल्लाह भएको छ




















