काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेपछि पनि संसदको आयु कहिले भन्ने विवाद रहेकै अवस्थामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ १९ गते एकाएक सांसद पदबाट राजीनामा दिएको घोषणा गरे ।
राजीनामा घोषणा गर्दै लिङ्देनले अर्को संसदमा आफू एक्लै नआउने र बलियो पार्टीका रुपमा उपस्थित हुने घोषणासमेत गरेका थिए ।
उनै लिङ्देन मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा पाँचौ ठूलो दलका रुपमा उपस्थित भएका छन् । रोचक त के भने उनकै पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सांसदहरुले शपथ लिएका छन् ।




















