काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि चार दिन लगातार छलफल हुने भएकाे हाे ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसदहरूले अग्रिम सूचना दिनुपर्नेछ । साथै त्यसमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले सो को सूचना शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा सूचना दिन सक्ने व्यस्था अनुरूप सांसदहरूले जानकारी दिएकाे सचिवालयले जनाएकाे छ।
प्रतिनिधि सभाकाे बैठक आज बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएकाे छ ।




















