प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बिहान राजघाटस्थित गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् ।
भारत स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो। भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखले गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन छ ।




















