नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणसहित तीन अभियुक्तकाे बयान आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान आज लिइने भएको छ । बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएसँगै उहाँहरू तीन जनाकाे बयान आज लिन लागिएकाे हाे ।

जिल्ला अदालत काठमाडौंमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको बताइएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँले बयान दिएका थिए । १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ भने आज तीन जनाकाे बयान सकिएपछि पक्राउ परेका अभियुक्तकाे  प्रारम्भिक बयान आज सकिने छ । १२ जना अझै फरार रहेका छन् ।