काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीनदिनको म्याद थपिएको थियो । अहिलेसम्म कुन कसुरमा मुद्दा चलाउने भन्ने विषय टुंगिसकेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि मात्र कसुरबारे टुंगो लाग्ने बताइएको छ ।
प्रहरीका अनुसार संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको र राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउन सकिने विषयमा अध्ययन भइरहेको छ ।




















