विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिन लाग्नुभएकाे हाे ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उहाँ मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे।
सविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएकाे थियाे।



















