एमाले सचिवालय बैठक आजबाट सिरहाकाे अम्बासमा

सिरहा । नेकपा एमालेको सचिवालय बैठक आज शुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे  अम्बासमा बस्न लागेको हो ।

भदौ ९ गतेबाट शुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुनु हुने छ ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ । सोही ठाउँमा २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भएको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।